छठ पर्वको पूजामा राष्ट्रपति भण्डारी सहभागी नहुने « Khabarhub

छठ पर्वको पूजामा राष्ट्रपति भण्डारी सहभागी नहुने


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी यस वर्ष छठ पर्वको पूजामा सरिक नहुने भएकी छिन् ।

कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै उनी यस वर्षको छठ पर्वमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी हुन् ।

राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् ।

राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँमा समेत विभिन्न शक्तिपीठको दर्शन गर्न गएकी थिइनन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ६ : ११ बजे

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर