११ वर्षसम्म साउदीमा बन्धक नेपाली महिला स्वदेश फिर्ता « Khabarhub

११ वर्षसम्म साउदीमा बन्धक नेपाली महिला स्वदेश फिर्ता


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीमा ११ वर्षसम्म बन्धक भएकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।

रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए ।

ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म  बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक बनाएको खबर पाउने बितिकै साउदीको जेद्धास्थित महावाणिज्य दूतावासको पहल र एनआरएनएको समन्वयमा उनको सकुशल उद्धार गरिएको थियो ।

पीडित महिलाको उद्धारका लागि महावाणिज्य दूतावासका श्रम सहचारी प्रेमप्रसाद उपाध्यायसहितको टोली सक्रिय भएको थियो ।

ती महिलालाई खाना र बस्नको ब्यबस्था मिलाउनुका साथै, हवाइ टिकटको लागि अंशिक रकम, पीसीआर परीक्षणका लागि रकम उपलब्ध गराएको प्रवक्ता न्यौपानेले बताए ।

दूतावासले सम्पूर्ण कानूनी प्रक्रिया अगाडि बढाएर पीडित महिलाको वर्षौं देखि नपाएको तलब क्षतिपूर्ति सहित उनको उद्धार गरि दूतावासकै सेल्टरमा केही दिन राखी गत १५ डिसेम्बरमा अलजजिरा एयरलाइन्सको उडान मार्फत स्वदेश  पठाइएको न्यौपानेले बताए ।

उनलाई झापाकै दलालले राम्रो कमाई हुने प्रलोभन देखाएर भारतको बाटो हुँदै साउदी पुर्‍याएको बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ९ : २७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार