खुमलटारमा ओली-दाहाल एक्ला एक्लै वार्ताको तयारी « Khabarhub

खुमलटारमा ओली-दाहाल एक्ला एक्लै वार्ताको तयारी


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्दैछन् ।

खुमलटारमा ओली-दाहाल एक्लाएक्लै वार्ताको तयारी भएको स्रोतले जनाएको छ । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओली खुमलटार आउन लागेको नेकपाकै नेता सुवास नेम्वाङले जानकारी गराएका छन् ।

खुमलटारमा हुने ओली-दाहाल वार्ताले पार्टी विवादमा निकास दिने अपेक्षा गरिएको छ । दाहाल-नेपाल समूहले भेला तीब्र पारेपछि निकटस्थहरूले समेत ओलीलाई मिलेर जान दबाब दिइरहेका छन् ।

अध्यादेश फिर्ता लिन भएको सहमति कार्यान्वयन नगरेपछि दाहाल-नेपाल समूह ओलीविरूद्ध कठोर कदम चाल्ने रणनीतिमा लागेको छ । यसैको श्रृंखलास्वरूप दाहाल-नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भेला तथा प्रशिक्षणसमेत गरेपछि ओली अझ बढी दबाबमा छन् ।

यद्यपि शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा  भएको भेलामा उपाध्यक्ष बामदेव गौतम उपस्थित नभएपछि दाहाल-नेपाल समूहमा शंसय छाएको छ ।

गौतमको अनुपस्थितलाई दाहाल-नेपाल समूहले प्रधानमन्त्री ओली पक्षधरको चलखेलको रूपमा बुझेको स्रोतले जनाएको छ । तथापि गौतमले आफू कुनै भेलामा नजाने तर बैठकमा जाने बताएका छन् ।

पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपाको विवाद पछिल्लो समय विभिन्न राजनीतिक नियुक्ति र संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रकरणबाट झनै चर्किएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ९ : ५१ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी