प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगे « Khabarhub

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगे


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् ।

पार्टीभित्रको आन्तरिक विवादले नयाँ मोड लिएपछि प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । दुई अध्यक्षबीच हिजो पनि बालुवाटारमा छलफल भएको थियो ।

संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने बुधबारको सहमति भएपनि कार्यान्वयन नभएको भन्दै अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएपछि आज उनलाई भे‍ट्न ओली आफै खुमलटार पुगेका हुन् ।

पार्टी भित्रको शक्ति सन्तुलनका हिसाबले प्रधानमन्त्री ओली दबाबमा रहेका बेला खुमलटार भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

हिजै प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरि ओलीमाथि दबाव बढाएका थिए ।

उक्त भेलामा अध्यादेश फिर्ता नलिए ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिएका थिए ।

Image may contain: one or more people, people standing, car and outdoor

गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रचण्ड–नेपाल समूहले विशेष अधिवेशन आह्वानको हस्ताक्षर फिर्ता गर्ने सहमति भएको थियो ।

तर सहमतिको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर प्रचण्डले सहमति कार्यान्वयन नै नभइ परिषदको बैठक बोलाएको भन्दै असन्तुष्टि जनाएपछि ओलीले बैठक स्थगित गरेका थगिए ।

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि त्यसको जवाफमा ओलीले पनि मंसिर १३ गते आफ्नो प्रतिवेदन सचिवालयमा पेश गरेयता नेकपा विवाद सतहमा आएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ११ : १८ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन