प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगे | Khabarhub Khabarhub

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगे


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् ।

पार्टीभित्रको आन्तरिक विवादले नयाँ मोड लिएपछि प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । दुई अध्यक्षबीच हिजो पनि बालुवाटारमा छलफल भएको थियो ।

संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने बुधबारको सहमति भएपनि कार्यान्वयन नभएको भन्दै अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएपछि आज उनलाई भे‍ट्न ओली आफै खुमलटार पुगेका हुन् ।

पार्टी भित्रको शक्ति सन्तुलनका हिसाबले प्रधानमन्त्री ओली दबाबमा रहेका बेला खुमलटार भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

हिजै प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरि ओलीमाथि दबाव बढाएका थिए ।

उक्त भेलामा अध्यादेश फिर्ता नलिए ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिएका थिए ।

Image may contain: one or more people, people standing, car and outdoor

गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रचण्ड–नेपाल समूहले विशेष अधिवेशन आह्वानको हस्ताक्षर फिर्ता गर्ने सहमति भएको थियो ।

तर सहमतिको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर प्रचण्डले सहमति कार्यान्वयन नै नभइ परिषदको बैठक बोलाएको भन्दै असन्तुष्टि जनाएपछि ओलीले बैठक स्थगित गरेका थगिए ।

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि त्यसको जवाफमा ओलीले पनि मंसिर १३ गते आफ्नो प्रतिवेदन सचिवालयमा पेश गरेयता नेकपा विवाद सतहमा आएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ११ : १८ बजे

गृहले सक्रिय गरायो मिटर ब्याजसम्बन्धी गुनासो लिने संयन्त्र

काठमाडौं – सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी तीन वटा

तीन महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न

काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वितेका ३ महिनामा ७३२

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ– पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन)

काठमाडौंको पहेँलो पुल नजिकै बन्दै गरेको स्पोर्टस् पार्क (फोटोफिचर)

काठमाडौं–  काठमाडौं महानगरपालिका– ५ स्थित पहेँलो पुल नजिकै स्पोर्टस् पार्क निर्माणको

नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार