थप तीन ठाउँमा बिओपी स्थापना हुँदै « Khabarhub

थप तीन ठाउँमा बिओपी स्थापना हुँदै


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने बताइएको छ ।

सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले भने, “सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो ।”

यसअघि सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखी सशस्त्र प्रहरीले जिल्लाका झुलाघाट नाका, पञ्चेश्वरको रोलघाट र शिवनाथको कुस्मौत घाटमा बिओपी स्थापना गरेर सेवा दिइरहेको छ ।

बिओपी स्थापनापछि सीमा क्षेत्रमा हुने अपराध, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा नियन्त्रण ल्याउन सकिएको शाहले बताए । बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ११ : ५१ बजे

सरकार व्यक्तिगत स्वार्थमा केन्द्रित भयो : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका

मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या

पाँचथर – जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका

मेयर्स कपको उपाधि एपीएफले जित्यो

काठमाडौँ – ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको

मनाङमा भीरबाट खसेर चिनियाँ पर्यटकको मृत्यु

पोखरा – मनाङमा भीरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ