ओली-दाहाल दुई घण्टा छलफल, नेपाल र गौतम पनि खुमलटारमा « Khabarhub

ओली-दाहाल दुई घण्टा छलफल, नेपाल र गौतम पनि खुमलटारमा


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै दुई घण्टा छलफल भएको छ ।

शनिबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए ।

ओली खुमलटार पुगेको केहीसमयपछि उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास खुमलटार पुगेका छन् । तीन नेताबीच खुमलटारमा छलफल सकिएलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाल पनि पुगेका छन् । त्यसलगत्तै दाहाल-नेपाल र गौतमबीच छलफल चलेको बताइएको छ ।

तीन जनाबीच केहीबेरको छलफलपछि गौतम पनि बाहरिएका छन् । उनी बाहिरिएपछि नेपाल र दाहालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि शुक्रबारको दाहाल-नेपाल पक्षधरको पेरिसडाँडामा भएको भेलामा गौतम गएका थिएनन् ।

तर, आजको बैठकमा गौतमको सहभागितलाई अर्थपूर्ण रूपमा लिइएको छ । ओलीले आजको बैठकमा पनि सोही प्रस्ताव दोहोर्‍याएकाले दाहालले नेपाललाई पनि छलफलमा बोलाएको हुन सक्ने आकलन गरिएको छ । तर, यसबारे पुष्टि हुन सकेको छैन । दाहाल निकट स्रोतका अनुसार बैठकमा भएका कुराकानीबारे अहिलेसम्म केही खुलाइएको छैन ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला खुमलटारमा भएको नेताहरूको यो भेटले निकास दिने अपेक्षा गरिएको छ । दाहाल-नेपाल समूहले भेला तीब्र पारेपछि निकटस्थहरूले समेत ओलीलाई मिलेर जान दबाब दिइरहेका छन् ।

अध्यादेश फिर्ता लिन भएको सहमति कार्यान्वयन नगरेपछि दाहाल-नेपाल समूह ओलीविरूद्ध कठोर कदम चाल्ने रणनीतिमा लागेको छ । यसैको श्रृंखलास्वरूप दाहाल-नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भेला तथा प्रशिक्षणसमेत गरेपछि ओली अझ बढी दबाबमा छन् ।

पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपाको विवाद पछिल्लो समय विभिन्न राजनीतिक नियुक्ति र संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रकरणबाट झनै चर्किएको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १२ : ५७ बजे

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख

आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख