स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित « Khabarhub

स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनमा सङ्क्रमण पुष्टि भएको हो । उनले आफू भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएका छन् ।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी थिए । उनलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए ।

कोरोना सङ्क्रमण पुष्टि भएको ल्यावको कागजको फोटो समेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आज म पनि तिम्रो एउटा सङ्क्रमित भएको छ ।”

“म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पुरा हुन कठिन हुने देखिएको छ,” ४७ वर्षीय प्रधानमन्त्री माटोभिकले लेखेका छन् ।

सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ । सङ्क्रमित भएसँगै उनले धेरै कार्यक्रमहरु स्थगित गरेका छन् ।

स्थानीय सञ्चार माध्यमहरुले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरुलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन् ।

यही शिलशिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षा मन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफुहरु समेत सङ्क्रमित भएको जानकारी दिए । कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै चार हजार जना बुधबार मात्रै थपिएका हुन ।

स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ४०० भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ३ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया