स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित « Khabarhub

स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनमा सङ्क्रमण पुष्टि भएको हो । उनले आफू भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएका छन् ।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी थिए । उनलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए ।

कोरोना सङ्क्रमण पुष्टि भएको ल्यावको कागजको फोटो समेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आज म पनि तिम्रो एउटा सङ्क्रमित भएको छ ।”

“म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पुरा हुन कठिन हुने देखिएको छ,” ४७ वर्षीय प्रधानमन्त्री माटोभिकले लेखेका छन् ।

सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ । सङ्क्रमित भएसँगै उनले धेरै कार्यक्रमहरु स्थगित गरेका छन् ।

स्थानीय सञ्चार माध्यमहरुले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरुलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन् ।

यही शिलशिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षा मन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफुहरु समेत सङ्क्रमित भएको जानकारी दिए । कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै चार हजार जना बुधबार मात्रै थपिएका हुन ।

स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ४०० भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ३ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु