राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री | Khabarhub Khabarhub

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न उनी शितल निवास पुगेको स्रोतले जानकारी दिएको हो ।

पार्टीको विवाद चरमउत्कर्षमा पुगेका बेला दिनभर पार्टीका नेताहरुलाई भेटेका ओली साँझ राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको स्रोतले जानकारी दिएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवादलगायत विषय छलफल भइरहेको  जनाइएको छ ।

यसअघि शनिबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी खुमलटार पुगेका थिए।

त्यहाँ उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित थिए। प्रचण्डलाई भेटेर बाहिरिएलगत्तै उनी मन्त्रीहरूलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए।

यो पनि पढौँ

खुमलटार पुगेर पनि प्रधानमन्त्री ओलीले दोहोर्‍याए पुरानै अडान

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : ०१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम