सर्वोच्च बारको नयाँ कार्यसमिति चयनका लागि भएको चुनावको मत गणना जारी « Khabarhub

सर्वोच्च बारको नयाँ कार्यसमिति चयनका लागि भएको चुनावको मत गणना जारी


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्व अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भई मतगणना शुरु भएको छ ।

प्रमुख निर्वाचन अधिृकत राजु खड्काका अनुसार सर्वोच्च अदालत परिसरमा आयोजना गरेको सर्वोच्च बारको निर्वाचनमा मतदान सकिएर मतगणना शुरु गरिएको  हो ।

मतगणनाको आजै नतिजा आउने छ । निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी र जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन् ।

प्रगतिशील समूहमा उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव अञ्जिता खनाल, सहसचिव शोभा कार्की, कोषाध्यक्ष श्यामकुमार खत्री, महिला सदस्यमा देवी रेग्मी रहेका छन । त्यस्तै, खुल्ला सदस्यहरुमा अधिवक्ताहरु कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, रमेशराज शर्मा सिग्देल, छविराल घिमिरे, लेखनाथ भट्टराई र दिलकमारी राई रहेका छन् ।

त्यस्तै, प्रजातान्त्रिक समूहमा उपाध्यक्ष नवराज रिजाल, सचिव ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार कार्की, महिला सदस्य अमिता गौतम पौडेल रहेका छन । सदस्यहरुमा विजयकुमार प्रधान, ज्योतिदेव पनेरु, ओमकृष्ण श्रेष्ठ, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, खडानन्द कँडेल, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी रहेका छन् ।

सर्वोच्च बारको सदस्यका हुनका लागि कम्तीमा १० वर्ष कानून व्यवसायीका रुपमा काम गरेको हुनुपर्दछ । सर्वोच्च अदालतबाट कम्तीमा सातवटा फैसला भएको व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : १२ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर