बूढानीलकण्ठ मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला गरिने « Khabarhub

बूढानीलकण्ठ मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला गरिने


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।

कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले राससलाई जानकारी दिए ।

बिहान सवा आठ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गर्नुहुने पनि उनले जानकारी दिए ।

नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेको धार्मिक विश्वास छ ।

ठूलो शिलामा जलमाथि भगवान् शयन गर्नुभएको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : ५९ बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१