लगातार हिमपात भएपछि रोक्न हिउँमै बसेर पूजा « Khabarhub

लगातार हिमपात भएपछि रोक्न हिउँमै बसेर पूजा


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् ।

तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए ।

‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उनले बताए । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ ।

हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निष्कनसमेत कठिन भएको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ०४ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत