अध्ययन भन्छ : केटाकेटीमा झुट बोल्नेहरु पछि हुन्छन् टाठो र बुद्धिमान ! | Khabarhub Khabarhub

अध्ययन भन्छ : केटाकेटीमा झुट बोल्नेहरु पछि हुन्छन् टाठो र बुद्धिमान !


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झुटो बोल्ने मानिस कसैलाई मन पर्दैनन् । झुट बोल्नेहरुको कुरामा विश्वास गर्न धेरैले असहज मान्दछन् । त्यसैले हरकोहि मानिस अरुले झुट नबोलुन् भन्ने चाहना राख्दछन् ।

झन् अभिभावकहरु आफ्नो बच्चाले झुट नबोलोस् भन्ने चाहान्छन् । तर एक अनुसन्धान अनुसार सानो उमेरमा झुटो बोल्ने बच्चा ठूलो भएपछि बौद्धिक हुने बताइएको छ । वाल स्ट्रिट जर्नलमा प्रकाशन भएको एक शोधका अनुसार झुट बोल्ने बालबालिका पछि गएर वौद्धिक हुने बताइएको छ ।

युनिभर्सिटी अफ टोनोन्टोका मनोविज्ञानका प्राध्यापक काङ ली नेतृत्वक प्राध्यापकहरुले गरेको एक अनुसन्धानले यस्तो देखाएको हो ।

अध्ययन अनुसार सानै उमेरमा झुट बोल्ने बच्चाहरु पछि गएर उच्च बौद्धिक क्षमताका हुने देखाएको छ । अर्थात सानो उमेरमा झुट बोल्ने बच्चा कालान्तरमा टाठो र बुद्धिमान् हुन्छन् ।

बच्चाहरु आफ्नो गल्ती लुकाउन, नगरेको होमवर्क गरेको वा अह्राएको काम गरेको भन्ने लगायतका झुट बोल्दा यसले उनीहरुको बौद्धिक विकास हुने देखाएको हो ।

यसरी झुट बोल्ने बच्चाहरुमा आत्मविश्वास, बौल्ने क्षमता, मस्तिष्कको विकास, र अरुको मनसाय बुझ्ने लगायतका कुरामा विकाश हुने गर्दछ । तर झुट बोल्न जान्ने बच्चाहरुलाई ९ बर्षको उमेरपछि भने सत्य बोल्न सिकाउनु पर्ने अनुसन्धानमा देखाइएको छ ।

९ बर्षपछिको उमेरमा सिकेका अधिकाशं कुराहरु उनीहरुको मष्तिकमा लामो समय रहने र त्यसैलाई बानीको रुपमा परिणत गर्दछन् । तसर्थ ९ बर्षभन्दा कम उमेरमा बच्चाले झुटो बोले त्यसमा आपत्ती मानिहाल्नु पर्दैन । तर त्यसपछि भने बच्चालाई उच्च निगरानिमा राख्दै उसलाई साचो बोल्न सिकाउनु पर्छ ।

अझ कतिपय अवस्थामा बच्चाले झुट बोलेको जानेर पनि त्यसलाई मान्नु भने हुदैन । तर सानातिना झुट बोलेका छन् त्यसलाई ठुलो बिषय बनाउनु भने हुदैन ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ३६ बजे

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु

एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने

काठमाडौं – एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय