२३ अर्बको लागतमा ५ जलविद्युत आयोजना सम्पन्न हुँदै | Khabarhub Khabarhub

२३ अर्बको लागतमा ५ जलविद्युत आयोजना सम्पन्न हुँदै


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेसीशहर– लमजुङ जिल्लामा २३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा ५ जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न ५ जलविद्युत्‌का आयोजना धमाधम निर्माण हुन थालेका छन् ।

पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को आयोजना निर्माणाधीन छन् । त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीले १२.१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन छन् ।

ती मध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यस्तै दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयको लगानीमा निर्माण भइरहेको बताइएको छ । यी आयोजना निर्माण सम्पन्नपश्चात् १२५ मेगावाट बिजुली उत्पादन हुनेछ । यहाँ निर्माण भएका आयोजनाबाट १ वर्षदेखि ५ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

दोर्दी खोलामा हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दी खोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को निर्माण अब एक वर्षभित्र पूरा हुने जनाइएको छ । यी आयोजनाको ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।

त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

दोर्दी करिडोरकै सबैभन्दा ठूलो क्षमताको पिपुल्स हाइड्रोपावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’को ५५ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीद्वारा निर्माणाधीन १२.१ मेगावाटको दोर्दी–१ को निर्माण कार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताइएको छ ।

दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना कूल ८ अर्ब ८० करोड रुपैयाँकाे लागत अनुमानमा निर्माण भइरहेको छ । उक्त आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको मात्र २७ करोड लगानी रहेको छ ।

२७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना ३ अर्ब ८६ करोड लगानीमा निर्माण भइरहेको छ । यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ३६ र स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइएमई गुप्रको ३४ प्रतिशत लगानी छ ।

त्यस्तै लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाटको आयोजना कूल ४ अर्ब ६३ करोड लगानीमा निर्माण थालिएको हो । दोर्दी खोलामै लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दीखोला जलविद्युत् कम्पनीले दोर्दी–१ (१२.१ मेगावाट) आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजना करिब २ अर्ब ३९ करोडको लागतमा निर्माण भइरहेको छ । दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको प्रवर्द्धक छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको जलविद्युत् आयोजना ८० करोडभन्दा बढी लगानीमा निर्माण भइरहेको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १० : ५८ बजे

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते

जाबी रियलका नयाँ प्रशिक्षक, एन्टेलोटी ब्राजिलतिर, हान्सी फ्लिक बार्सिलोनामै रहने

म्याड्रिड- युरोपेली फुटबलमा ठूला क्लबका प्रशिक्षक धमाधम परिवर्तन भइरहेका छन्

रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह

एजेनसी– टर्कीलाई रूस र युक्रेन बीचको वार्ता स्थलका रूपमा प्रस्ताव

पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी

नयाँदिल्ली- पाकिस्तानविरुद्ध भएको ‘अपरेसन सिन्दूर’बारे सोमबार देशवासीलाई सम्बोधन गरेर बताएपछि