अन्ततः राजीनामा दिन तयार भइन् उपसभामुख तुम्बाहाङ्फे « Khabarhub

अन्ततः राजीनामा दिन तयार भइन् उपसभामुख तुम्बाहाङ्फे


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख शिबमाया तुम्बाहाङफे अन्ततः पदबाट राजीनामा दिन तयार भएकी छन् ।

खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन् ।

उपसभामुख तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ । उपसभामुख तुम्बाहाङफेले सोमबार प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै राजीनामा दिने तयारी गरेकी छन् ।

उपसभामुखका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार तुम्बाहाङफेले राजीनामा दिने निश्चित भइसकेको छ । ‘उहाँले राजीनामा दिने भनेर तयारी गरिसक्नु भएको छ,’ अधिकारीले खबरहबसँग भने, ‘सम्भवतः प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै उहाँले राजीनामा दिनु हुन्छ होला ।’

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ । उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएमा सोमबार बस्ने बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने गरी तयारी भएको संघीय संसद सचिवालयका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ११ : १७ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक