तयार भयो एकीकृत जाँच चौकी, ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने | Khabarhub Khabarhub

तयार भयो एकीकृत जाँच चौकी, ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मञ्च कार्यालयका प्रमुख हिमाल बरालले जानकारी दिए ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो ।

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रुपैयाँ १ अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्कामा लिएका थिए । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ ।

जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ११ : ५२ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु