उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा, संसदको अर्को बैठक चार बजे | Khabarhub Khabarhub

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा, संसदको अर्को बैठक चार बजे


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाङ्फे पदबाट राजीनामा दिएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएकी हुन् ।

संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’

बैठकको शुरु भएसँगै कार्यसूची हटाएर उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले राजीनामा सम्बोधन गरेकी थिइन् ।

उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ भन्ने मेरो विश्वास छ,’ उनले भनिन् ।

सवैधानिक ओहोदामा बसुन्जेल दलको निर्देशन नहुने उनको भनाइ थियो ।

निकास दिनका लागि भएको छलफललाई आफूले सुक्ष्म रुपमा मूल्यांकन गरेको उनले बताइन् ।

संविधान अनुसार सभामुख चयन गर्न आफूले मार्ग प्रशस्त गर्ने निर्णय गरेको उपसभामुखले बताइन् । अर्को बैठक चार बजेका लागि बोलाइएको छ ।

यस्तो छ उपसभामुख तुम्बाहाङ्फेले गरेको संबोधन

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : ४५ बजे

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,