उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा, संसदको अर्को बैठक चार बजे « Khabarhub

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा, संसदको अर्को बैठक चार बजे


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाङ्फे पदबाट राजीनामा दिएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएकी हुन् ।

संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’

बैठकको शुरु भएसँगै कार्यसूची हटाएर उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले राजीनामा सम्बोधन गरेकी थिइन् ।

उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ भन्ने मेरो विश्वास छ,’ उनले भनिन् ।

सवैधानिक ओहोदामा बसुन्जेल दलको निर्देशन नहुने उनको भनाइ थियो ।

निकास दिनका लागि भएको छलफललाई आफूले सुक्ष्म रुपमा मूल्यांकन गरेको उनले बताइन् ।

संविधान अनुसार सभामुख चयन गर्न आफूले मार्ग प्रशस्त गर्ने निर्णय गरेको उपसभामुखले बताइन् । अर्को बैठक चार बजेका लागि बोलाइएको छ ।

यस्तो छ उपसभामुख तुम्बाहाङ्फेले गरेको संबोधन

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : ४५ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी