असई बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेकपा नेता पक्राउ « Khabarhub

असई बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेकपा नेता पक्राउ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– प्रहरीका असई (सहायक निरीक्षक) बनाइदिन्छु भन्दै ठगी गर्ने दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् ।

नेकपाको प्रदेश नम्बर २ को प्रदेश कमिटी सदस्य रहेका रामबाबु बैठा पीडित पक्षको उजुरीका आधारमा पक्राउ परेका हुन् ।

रौतहटको मौलापुर–७ का प्रदीप कुमार साह कानुले दिएको उजुरीका आधारमा बैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

कानुले बैठासँगै सुनिल चौरसियाविरुद्ध पनि उजुरी दिएका थिए । पर्सा प्रहरीले बैठा र चौरसियाविरुद्ध ठगी मुद्दामा अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीका अनुसार नेकपा नेता बैठाले असई बनाइदिन्छु भन्दै ५ लाख रुपैयाँ लिएको पीडित पक्षको दाबी छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ४ : ०६ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी