राष्ट्रियसभा चुनावः फोटोसहितको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइने « Khabarhub

राष्ट्रियसभा चुनावः फोटोसहितको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइने


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ ।

प्रदेशसभा सदस्य वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुखको प्रमाणको यकिन गर्न निर्वाचित भएको प्रमाणपत्र र यसअघिका निर्वाचनमा प्रयोग भएको मतदाता परिचयपत्र लिएर मतदानका लागि आउन आयोगले मतदातालाई सुचित गरेको छ ।

आयोगका सहसचिव राजकुमार श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, प्रमाणपत्र हराए वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था हुनेछ ।

आयोगले त्यसका लागि आवश्यक व्यवस्थापन मिलाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । उक्त निर्वाचनका सन्दर्भमा आज राति १२ बजेबाट मौन अवधि शुरु हँुदैछ ।

यस निर्वाचनबाट ५९ सदस्यीय स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा १८ जना नयाँ सदस्यको चयन हुने छ । उन्नाईस सदस्यको आगामी फागुन २० गते दुईवर्षे कार्यकाल पूरा हुँदैछ । उनीरुको कार्यकाल पूरा हुनु ३५ दिनअघि नै नयाँ सदस्यका लागि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

रिक्त हुने एक जना सदस्यको भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : १५ बजे

नागरिकको चाहनाअनुसारको काम गर्न दृढ छौँ : मुख्यमन्त्री जम्मकट्टेल

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी

गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

विस्तारै–विस्तारै हामी जाडो मौसमलाई छोडेर गर्मी मौसममा प्रवेश गर्दैछौं। यो

मन्त्रालय टुंगाउन गठबन्धनको बैठक आज पनि बस्ने

काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।

एपिएफ क्लबलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

मोरङ- साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १५ गते बुधबारका