सुर्खेतमा ‘स्मार्ट लाइसेन्स’ वितरण शुरु « Khabarhub

सुर्खेतमा ‘स्मार्ट लाइसेन्स’ वितरण शुरु


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- यातायात व्यवस्था कार्यालय सुर्खेतले आजबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य शुभारम्भ गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीच अन गरेर स्मार्ट सवारी चालक अनुमतिपत्र शुभारम्भ कार्यक्रमको उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री शाहीले चालक अनुमति पत्र व्यक्तिको दक्षताका आधारमा मात्र प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए ।

“यातायात क्षेत्र अति संवेदनशील जगत हो, उदार भएर सवारी अनुमतिपत्र दिने काम कर्मचारीले नगर्नुस्”, उनले भने, “यसका लागि कसैले माथिल्लो तहबाट पनि दबाब दिने काम नगरौँं ।”

उदार भएर अनुमतिपत्र दिने र दबाब दिने तथा लिनेलाई कारवाही गर्ने उनले चेतावनी दिए ।
उनले भने, “कर्णालीमा भौगोलिक जटिलता धेरै भएकाले सानो कमजोरीले पनि ठूलो जनधनको क्षति हुने सम्भावना छ, यसमा सबैले ध्यान दिन जरुरी छ ।”

यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि कानून निर्माण गरिने मुख्यमन्त्री शाहीले बताए । अहिले डोजर पुगेका ठाउँमा गाडी लैजाने काम रोक्ने उल्लेख गर्दै उनले भने, “यो क्षेत्रमा कसैको जीवनसँग खेलवाड नहुनेगरी सडकको मापदण्ड हेरेर मात्र सवारी सञ्चालन अनुमति दिन्छौं ।”

अहिलेसम्म यातायात व्यवस्था कार्यालयमा सबैभन्दा बढी अनियमितता भएको भन्दै उनले यातायात क्षेत्र अख्तियारको निगरानीमा रहेको उल्लेख गरे ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले कर्णालीवासीले नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले यातायात व्यवस्थापनका लागि प्रदेश सरकारले ऐन तथा कार्यविधि बनाएर कार्यान्वयनमा लैजान सुझाव दिएका थिए ।

यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख आनन्द चौलागाईंले एकाई कार्यालयबाट शुरु गरिएको कार्यालय गत असोज ६ गतेदेखि सेवा कार्यालयबाट व्यवस्था कार्यालयमा रुपान्तरण भएको जानकारी दिए ।

उनका अनुसार गत आवमा रु नौ करोड ७१ लाख राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयले चालु आवको पुससम्म रु छ करोड ४६ लाख राजश्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ३० बजे

भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे

चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले

गृहमन्त्रीद्वारा काठमाडौंको तार्केश्वरको मतदान स्थलको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित काठमाडौं तार्केश्वर नगरपालिका अन्तर्गत

२४ घण्टाभित्रै प्रत्यक्षतर्फको नजिता प्रकाशित गर्छौँ : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा

कञ्चनपुरका ७९ मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

दोधारा चाँदनी- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका