तीन महिनाको अवधिमा बाजुरामा चार पटक भूकम्पको धक्का | Khabarhub Khabarhub

तीन महिनाको अवधिमा बाजुरामा चार पटक भूकम्पको धक्का


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय बाजुराको हिमाली गाउँपालिकामा केन्द्रबिन्दु बनाएर निरन्तर भूकम्प गइरहेको छ । बुधबार राति बाजुरा र हुम्लाको सीमानामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

बुधबार राति ९ बजेर १३ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो पटक बुधबार राति गएको भूकम्पसँगै बाजुरामा तीन महिनामा चार रेक्टर स्केल माथिका चार वटा भूकम्प गएका छन् ।

यसअघि माघ १४ गते ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस २७ र २८ गते भूकम्पको तीव्रता क्रमश ४.५ र ४.२ रेक्टर स्केल मापन गरिएको थियो ।

बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिन आसपासका क्षेत्रलाई केन्द्रविन्दु बनाएर निरन्तर भूकम्प जान थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ८ : ४९ बजे

बडिमालिकाबाट फर्किँदा पूर्वमन्त्री ओझाका छोराको मृत्यु

काठमाडौं– बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कँदै गर्दा पूर्वशिक्षामन्त्री देवी

उत्तराखण्ड पहिरोमा सम्पर्कविहीन नेपालीको खोजीमा जुट्न दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली दूतावासलाई उत्तराखण्डमा हराएका

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख नजिक

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा

काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते 

काभ्रे– काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका

महिलाविरोधी गीतको आरोपमा भारतीय गायक हनी र करण विवादमा

काठमाडौं– भारतीय चर्चित गायक हनी सिंह र करण औजला महिलाहरूप्रति