तीन महिनाको अवधिमा बाजुरामा चार पटक भूकम्पको धक्का « Khabarhub

तीन महिनाको अवधिमा बाजुरामा चार पटक भूकम्पको धक्का


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय बाजुराको हिमाली गाउँपालिकामा केन्द्रबिन्दु बनाएर निरन्तर भूकम्प गइरहेको छ । बुधबार राति बाजुरा र हुम्लाको सीमानामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

बुधबार राति ९ बजेर १३ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो पटक बुधबार राति गएको भूकम्पसँगै बाजुरामा तीन महिनामा चार रेक्टर स्केल माथिका चार वटा भूकम्प गएका छन् ।

यसअघि माघ १४ गते ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस २७ र २८ गते भूकम्पको तीव्रता क्रमश ४.५ र ४.२ रेक्टर स्केल मापन गरिएको थियो ।

बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिन आसपासका क्षेत्रलाई केन्द्रविन्दु बनाएर निरन्तर भूकम्प जान थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ८ : ४९ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म