तीन महिनाको अवधिमा बाजुरामा चार पटक भूकम्पको धक्का « Khabarhub

तीन महिनाको अवधिमा बाजुरामा चार पटक भूकम्पको धक्का


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय बाजुराको हिमाली गाउँपालिकामा केन्द्रबिन्दु बनाएर निरन्तर भूकम्प गइरहेको छ । बुधबार राति बाजुरा र हुम्लाको सीमानामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

बुधबार राति ९ बजेर १३ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो पटक बुधबार राति गएको भूकम्पसँगै बाजुरामा तीन महिनामा चार रेक्टर स्केल माथिका चार वटा भूकम्प गएका छन् ।

यसअघि माघ १४ गते ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस २७ र २८ गते भूकम्पको तीव्रता क्रमश ४.५ र ४.२ रेक्टर स्केल मापन गरिएको थियो ।

बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिन आसपासका क्षेत्रलाई केन्द्रविन्दु बनाएर निरन्तर भूकम्प जान थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ८ : ४९ बजे

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६