महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा कोइराला « Khabarhub

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा कोइराला


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरले आयोजना गरेको तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले लोकतन्त्र सुदृढीकरणमा नेपाली कांग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास हुने बताए ।

कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा कोइरालाले पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिए । उनले भने, ‘सरकारले दम्भको राजनीति गर्न हुँदैन । यसले लोकतन्त्र सङ्कटमा मा पर्न सक्छ ।’

केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १० : ०१ बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष