फागुन अन्तिममा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी | Khabarhub Khabarhub

फागुन अन्तिममा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी

मिति टुंगिन बाँकी


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत कात्तिक १३ गते प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी इन्टरनेशनल हस्पिटलमा भर्ना भए ।

शुरुमा अस्पतालले प्रधानमन्त्री ओलीको नियमित उपचार तथा स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना भएको बतायो ।

तर, अस्पतालमै भेट्न पुगेका नेकपाका नेता तथा मन्त्रीहरुले प्रधानमन्त्रीको मिर्गौला पुनः विग्रिएकाले डायलाइसिस भएको रहस्य खोले ।

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नुअघि १४ गते साँझ पत्रकार सम्मेलन गर्दैे  अस्पतालले पनि कात्तिक १३ र १४ गते प्रधानमन्त्री ओलीलाई दुई पटक डायलाइसिस गराइएको पुष्टि गर्यो‍ ।

१३ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि गत भदौमा सिंगापुरमा प्लाज्माफेरासीस समेत गरिएको थियो ।

यद्यपी कात्तिकदेखि उनको मिर्गौलाले फेरी काम गर्न छाडेपछि डायलाइसिस शुरु गरीयो । कात्तिक १३ गतेदेखि मिर्गौलाको नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीका निजी चिकित्सकहरुले उनलाई  मिर्गौला पुनः प्रत्यरोपण गर्न सुझाए ।

तर प्रधानमन्त्री ओली मंसिर १४ गतेको उपनिर्वाचनपछि मात्र मिर्गौला प्रत्यारोपण गर्नेमा पुगे । उपनिर्वानको मिति नआउँदै प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गर्नुपयो ।

मंसिर १० गते आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भए ।

स्वास्थ्य परीक्षणको क्रममा एपेन्डिसाइटिस भएको पुष्टि भए पनि उनको तत्काल शल्यक्रिया गर्नुपर्यो । एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई आइसीयूमै राखेर उपचार गरियो ।

आइसीयुमै रहेका प्रधानमन्त्री ओलीको मिर्गौलाले काम नगरेकाले नियमित डायलाइसिस समेत भयो । मंसिरमा १० गतेदेखि अस्पतालको आइसीयूमा रहेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको उपचार पुरा भएपछि मंसिर १९ गते अस्पतालबाट डिस्चार्ज भए ।

एपेन्डिक्सको शल्यक्रिया पश्चात प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको योजना तत्काललाई स्थगित भयो । एपेन्डिक्सको शल्यक्रियापश्चार सातामा दुई पटक नियमित डायलाइसिस गराउँदै आएका प्रधानमन्त्री ओलीको गत मंगलबार अर्थात यही फागुन ६ गते मुटुको परीक्षण गरियो ।

मंगलबार गरिएको मुटुको कोरोनरी एन्जियोग्राफीको रिपोर्ट सामान्य देखिएपछि प्रधानमन्त्री ओलीको यहि महिना मिर्गौला प्रत्यारोपण गरिने सम्भावना बढेको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीको एपेन्डिक्सको उपचार गर्दाको घाउँ पूर्ण रुपमा ठिक भइसकेकाले यही महिनाको अन्तिमा प्रत्यारोपणका लागि प्रस्ताव गरिएको छ ।

मुटुको कोरोनरी एन्जियोग्राफीको रिपोर्ट पनि सामान्य देखिएपछि ओलीका निजी चिकित्सकहरु मिर्गौला प्रत्यारोपणको तयारीबारे आवश्यक छलफलमा जुटेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

स्रोतका अनुसार फागुनको अन्त्यतिर प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलाइसिस गर्नेबारे छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले दोस्रो पटकको मिर्गौला प्रत्याारोपण नेपालमै गर्ने इच्छा देखाएका छन ।

तर प्रत्यारोपणका लागि यकिन मिति र र प्रत्यारोपण कहाँ गर्ने भनेर तय भइ सकेको छैन ।

‘मुटुको परीक्षणमा रिपोर्ट राम्रो आयो, त्यसैले अब प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकहरुबीच छलफल शुरु भएको छ,’ स्रोतले खबरहबसँग भन्यो, ‘प्रधानमन्त्री ओलीले दोस्रो पटक नेपालमै प्रत्यारोपण गर्ने इच्छा देखाएका छन्, तर नेपालमै गर्ने कि सिंगापुर वा अमेरीकामा गर्ने भन्ने विषय टुंगिएको छैन, कहाँ गर्ने भनेरै छलफल भइरहेको छ ।’

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अन्य समस्याहरु नभएकाले प्रत्यारोपण कहाँ गर्ने भन्ने विषय टुंगो लागेमा फागुनको अन्तिमसम्ममा प्रत्यारोपण हुने स्रोतको भनाई छ ।

मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेका अनुसार प्रधानमन्त्री ओलीको मुटुको परीक्षण गर्नुको अर्थ मिर्गौला प्रत्यारोपणको तयारी हो ।

‘मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिको मुटु कस्तो छ भनेर हेर्नुपर्ने हुन्छ, प्रधानमन्त्री ओलीको मुटुको परीक्षणमा राम्रो देखियो, मिर्गौलाले काम गरेको छैन त्यसैले अब प्रत्यारोपण आवश्यकता प¥यो,’ डा काफ्लेले खबरहबसँग भने, ‘मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ कि सकिदैन भनेर पत्ता लगाउन हेर्नुपर्ने मुख्य रुपमा मुटु नै हो ।’

डा. काफ्लेका अनुसार मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीको अन्य स्वास्थ्य अवस्था ठिक भएमा अन्तिममा मुटुको परीक्षण गरिन्छ ।

‘हामीले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीको मिर्गौला बाहेक अन्य अंगहरु ठिक भएको अवस्थामा अन्तिममा मुटु परिक्षण गर्ने गछौं,’ डा काफ्लेले भने, ‘प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भएकाले नै मुटुको अवस्था जाँच गरिएको रहेछ भने त अब उहाँ प्रत्यारोपण कै लागि तयारी अवस्थामा रहनुभएको हुनसक्छ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १० : २७ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९