सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग  « Khabarhub

सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग 


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ ।

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदका विषयमा घुस लेनदेनको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि कांग्रेसले सञ्चारमन्त्रीको बर्खास्तीको माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलिलाई आग्रह गरेका छन् ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ–

‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए ।

तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।

७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १० : ३१ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा