वडाध्यक्ष नै अनशनमा ! « Khabarhub

वडाध्यक्ष नै अनशनमा !


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन् ।

वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार साँझबाट वडा कार्यालय अगाडि अनशन शुरु गरेका हुन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) २०७६ पुनः संशोधन हुनुपर्ने, बाँदरझुला र अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारण गर्न वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने , उत्तरी सिमानामा पर्ने रीउ खोला कोरडोरको निर्माण व्यवस्थित गरिनुपर्ने रहेका छन् ।

यस्तै लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको हबका रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने रहेका छन् ।

‘माडीवासी जनताको तर्फबाट आमरण अनशन’को नाम दिइएको छ । नगरपालिका प्रमुख ठाकुर ढकालले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसंग माडीको समस्याको बारेमा छलफल गर्न आफू काठमाडौँ जाने तयारीमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १० : ५७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर