तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु « Khabarhub

तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैंगलुरु– सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।

भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना भएको भारतीय पत्रिका ‘द हिन्दू’ को अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।

कन्याकुमारीको दर्शन गरेर फर्किएका नेपालीहरु सवार मिनीबस दुर्घटनामा परेको जनाइएको छ । भारतीय प्रहरीका अनुसार नेपाली भक्तजन कन्याकुमारीको दर्शन गरेर बैंगलुरुतर्फ फर्किँदै थिए ।

कन्याकुमारीबाट फर्किने क्रममा नारिपल्लम भन्ने ठाउँमा एउटा मन्दिर नजिक आराम गर्न रोकिएको नेपाली भक्तजन चढेको बसलाई बैंगलुरुबाट आइरहेको एउटा निजी बसले ठक्कर दिएको जनाइएको छ ।

भारतीय प्रहरीले मृतक नेपालमध्ये ३ जनाको पहिचान खुलेको जनाएको छ । जसमध्ये ५६ वर्षीय गोपाल तामाङ, ६ वर्षीय विष्णु दाहाल र ५५ वर्षीय हितसरी चौधरी छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ११ : ५८ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा