मन्त्री बाँस्कोटालाई बर्खास्त नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने नेविसंघको चेनावनी « Khabarhub

मन्त्री बाँस्कोटालाई बर्खास्त नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने नेविसंघको चेनावनी


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

विहीवार एक विज्ञप्ति जारी गर्दै नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भइसकेको भन्दै नेविसंघले उनलाई तत्काल बर्खास्त गरि कानूनी कारवाही गर्न माग गरेको छ । अन्यथा आफूहरुले आन्दोलनको आधिवेरी सृजना गर्ने चेतावनी नेविसंघले दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्रलाई संरक्षण गर्न प्रधानमन्त्री उद्दत देखिए नेपाल विद्यार्थी संघले आन्दोलनको आधिवेरी सृजना गर्न बाध्य हुने कुरा यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ११ : ४९ बजे

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण,

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास

इरान युद्धमा ट्रम्पको स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक

वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ ।

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन