माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि कामना सेवा बिकास बैंकले जित्यो « Khabarhub

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि कामना सेवा बिकास बैंकले जित्यो


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि कामना सेवा बिकास बैंकले जितेको छ ।

फागुन ३ गते शनिबार देखि काठमाडौँको कीर्तिपूर स्थित अन्तराष्ट्रिय रंगशालामा सञ्चालन भएको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्स अन्र्तगत मिति बुधबार भएको फाईनल खेलमा भारतीय राजदूताबास लाई ८ रनले हराउँदै कामना सेवा विकास बैंकले उपाधि जितेको हो ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिंग गर्दै ५४ रन मात्र बनाउन सक्यो।

भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाए। कामना सेवा विकास बैंकको बलिंगमा हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एक/एक विकेट लिए ।

यस अघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो। कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। सुरेश उप्रेतीले १३ रन बनाए । भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए ।

यस अघि सम्पन्न पहिलो सेमीफाइनलमा भारतीय राजदूतावासले एनसेल ए लाई १९ रनले पराजित गरेको थियो। यस्तै कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गरेको थियो।

फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए जसले प्रतियोगिताभर कुल २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिए।

यस्तै उत्कृस्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए। उत्कृस्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए। उत्कृस्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृस्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए। फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो। प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे ।

विजेता टिम र उत्कृस्ट खेलाडीहरुलाई पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्माले पुरस्कार प्रदान गरे ।

फाल्गुन ३ गते देखि सुरु भएको प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १२ : ३५ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज