मन्त्री बाँस्कोटाको अडियो प्रकरणः कांग्रेसले अघि सार्‍यो तीनवटा माग « Khabarhub

मन्त्री बाँस्कोटाको अडियो प्रकरणः कांग्रेसले अघि सार्‍यो तीनवटा माग


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण बारे तीनवटा माग अघि सारेको छ ।

विहीवार(आज) राष्ट्रिय सभा बैठक शुरुहुना साथ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले ७० करोड कमिसनको अडियो सार्वजनिक भएको भन्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरे ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका नेपाली एजेन्ट विजय प्रकाश शर्माका बीचमा भएको सम्बादमा ७० देखि ७५ करोड कमिसन आउने र त्यसको मोटामोटी ५५ करोड सञ्चारमन्त्रीले लिने अडियो सार्वजनिक भएको भन्दै उनले आपत्ति जनाए ।

‘उहाँ सञ्चारमन्त्री मात्र होइन उहाँ प्रवक्ता पनि हुनुहुन्छ र प्रधानमन्त्रीको अत्यन्त निकटको सहयोगी साथी पनि हुनुहुन्छ । उहाँ जस्तो मन्त्रीले यसरी ठाडै भ्रष्टार गर्ने गरी कमिसनको कुरा गर्न मिल्छ कि मिल्दैन ?’ सांसद देवले भने,‘यो अत्यन्त आपत्तिजनक र भर्त्सना योग्य छ । यस्तो गम्भीर प्रश्नमा यो सरकार चुपलागेर बस्न हुँदैन । रचनात्मक भूमिका खेल्दै आएको कांग्रेस चुप लागेर बस्न सक्दैन ।’

उनले यस प्रकरणबारे कांग्रेसका तीनवटा माग रहेको संसदमा जानकारी दिए ।

‘पहिलो सञ्चारमन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ, दोस्रो यो घटनाको बारेमा तुरुन्त दुधको दुध पानीको पानी हुनेगरि छानवीन समिति गठन हुनुपर्छ, र तेस्रो यो घटना के हो ? अडियोको रुपमा आएपछि प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : ३६ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र