मन्त्री बाँस्कोटाको अडियो प्रकरणः कांग्रेसले अघि सार्‍यो तीनवटा माग | Khabarhub Khabarhub

मन्त्री बाँस्कोटाको अडियो प्रकरणः कांग्रेसले अघि सार्‍यो तीनवटा माग


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण बारे तीनवटा माग अघि सारेको छ ।

विहीवार(आज) राष्ट्रिय सभा बैठक शुरुहुना साथ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले ७० करोड कमिसनको अडियो सार्वजनिक भएको भन्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरे ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका नेपाली एजेन्ट विजय प्रकाश शर्माका बीचमा भएको सम्बादमा ७० देखि ७५ करोड कमिसन आउने र त्यसको मोटामोटी ५५ करोड सञ्चारमन्त्रीले लिने अडियो सार्वजनिक भएको भन्दै उनले आपत्ति जनाए ।

‘उहाँ सञ्चारमन्त्री मात्र होइन उहाँ प्रवक्ता पनि हुनुहुन्छ र प्रधानमन्त्रीको अत्यन्त निकटको सहयोगी साथी पनि हुनुहुन्छ । उहाँ जस्तो मन्त्रीले यसरी ठाडै भ्रष्टार गर्ने गरी कमिसनको कुरा गर्न मिल्छ कि मिल्दैन ?’ सांसद देवले भने,‘यो अत्यन्त आपत्तिजनक र भर्त्सना योग्य छ । यस्तो गम्भीर प्रश्नमा यो सरकार चुपलागेर बस्न हुँदैन । रचनात्मक भूमिका खेल्दै आएको कांग्रेस चुप लागेर बस्न सक्दैन ।’

उनले यस प्रकरणबारे कांग्रेसका तीनवटा माग रहेको संसदमा जानकारी दिए ।

‘पहिलो सञ्चारमन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ, दोस्रो यो घटनाको बारेमा तुरुन्त दुधको दुध पानीको पानी हुनेगरि छानवीन समिति गठन हुनुपर्छ, र तेस्रो यो घटना के हो ? अडियोको रुपमा आएपछि प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : ३६ बजे

सम्झौता भएको २७ महिनापछि सबस्टेसन निर्माण सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २७ महिनापछि

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं– प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात गर्न

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

लमजुङ– दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश

युक्रेन संकटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ

काठमाडौं– युक्रेन संकटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी

१६ औँ योजना : ७.३ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य, उत्पादन र रोजगारीलाई प्राथमिकता

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७