त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटमार्फत यात्रुलाई सेवा « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटमार्फत यात्रुलाई सेवा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटमार्फत यात्रुलाई सेवा दिन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्‌घाटन गरे ।

‘पर्यटन परी’ नाम दिइएको दुई वटा रोबोटहरुले विमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन् । त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ ।

रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रियालगायतका विषयमा जानकारी गराउनेछन् । रोबोट सेवाको उद्‌घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको बताए । उनले यात्रुहरुलाई विमानस्थलको भिन्दै पहिचान दिने र नेपाल पनि प्रविधिमा फड्को मार्दैछ भन्ने सन्देश दिने बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  २ : ३२ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा