काठमाडौं- काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ।
कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो ।
प्रदर्शनको क्रममा झडप हुँदा नेविसंघ अध्यक्ष राजिव ढुङ्गाना, महामन्त्री उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भट्टराई, त्रिवि समितिका अध्यक्ष हरि आचार्य लगायत दर्जनौं घाइते भएका त्रिवि समिति सचिव योगेन्द्र रावलले जानकारी दिए।
घाइतेहरुको काठमाडौंको मोडेल अस्पतालमा उपचार भइरहेको छ । आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेता पनि प्रहरीले धरपकड गरेको उनले बताए।
प्रतिक्रिया