अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग | Khabarhub Khabarhub

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले  प्रेस विज्ञप्ति जारी गर्दै ललितपुर जिल्ला अदालत बार एकाइमा आवद्ध कानून व्यवसायी तथा बारका केन्द्रीय कार्यकारिणी सदस्य अधिवक्ता ढकाललाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतबाट थुनामुक्त गर्न आदेश जारी गरेलगत्तै अदालत परिसरबाटै पुनः पक्राउ गरिएको हुनाले थुनामुक्त गर्न माग गरिएको उल्लेख छ ।

“कुनै पनि नागरिकलाई स्वेच्छाचारीरुपमा पक्राउ गरिनु र झुठा मुद्दा चलाइनु मुलुकमा कानूनको शासन नभएको सङ्केत हो”, प्रेस विज्ञप्तिमा भनिएको छ, “संविधान कानूनअनुसार अदालतबाट थुनामुक्त गरिएको व्यक्तिलाई पुनः पटकपटक पक्राउ र थुनामा राख्ने कार्य नेपालको संविधानविपरीत छ ।”

अधिवक्ता ढकाललाई प्रहरीले यही फागुन १ गते पक्राउ गरेको थियो । सर्वोच्च अदालतले यही फागुन ७ गते थुनामुक्त गर्न आदेश जारी गरेको थियो तर आदेश जारी गरेलगत्तै प्रहरीले पक्राउ गरी उहाँलाई थुनामा राखेको छ ।

बारले नागरिकको मौलिक तथा मानव अधिकार रक्षा गर्न र कानूनको शासन कायम राख्न सरकार र सम्बन्धित पक्ष सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १० : ३० बजे

महोत्तरीमा ६० प्रतिशत धान रोपाइँ

महोत्तरी– महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ ।

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा

निर्देशक र लेखकको जिम्मेवारीसहित ‘मेरी बास्सै’मा फर्किए ‘राजु मास्टर’

काठमाडौं – कलाकार राजु पौडेल ‘राजु मास्टर’ लेखन र निर्देशनको

बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : मन्त्री खडका

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना

अस्ट्रेलियाको सेन्ट्रल कोस्टमा तीजको तयारी, राजनराज शिवाकोटीले नेपाली समुदायलाई नचाउने

सिड्नी, अस्ट्रेलिया- अस्ट्रेलियाको सेन्ट्रल कोस्टमा बसोबास गर्ने नेपाली समुदायले हरितालिका