परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार जेनेभा जाँदै « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार जेनेभा जाँदै


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार  राति त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

मन्त्री ज्ञवालीले उक्त बैठकलाई फागुन १३ गते सम्बोधन गर्नेछन् । उनले जेनभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा कूटनीतिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेनेभामा रहँदा उनले राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी तथा जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि रहनेछन् । मन्त्री ज्ञवाली फागुन १६ गते स्वदेश फर्कनेछन् ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १० : ४५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका