ओलीको घरबाट बाँस्कोटाको भने: नैतिकताको आधारमा राजीनामा दिएँ « Khabarhub

ओलीको घरबाट बाँस्कोटाको भने: नैतिकताको आधारमा राजीनामा दिएँ


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओली निवासमा भेला भएका पार्टी कार्यकर्तासंग आफूले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन् ।

बाँस्कोटाले बालकाेटस्थित निवास पुगेर नैतिकताका आधारमा राजीनामा दिएको शुभेच्छुकहरूमाझ दाेहाेर्‍याएका हुन।

बाँस्कोटाको भनाइलाई उद्धृत गर्दै प्रधानमन्धीका प्रेस सल्लाहकार सूर्य थापाले लेखेका छन्- “जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, के के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएकाे हो । यसमा पिर मान्नु पर्दैन । मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएकाे छु ।”

उनले यसमा अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएर बालकोट स्थित निवास छोडेर बालुवाटार गएपछि बास्कोटा ओलीको घरमै बस्दै आएक छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा गरिएको ७० करोड रुपैयाँ कमिसनको डिलको अडियो बुधवार राति सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : २४ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले