कञ्चनपुरमा हुलहुज्जत गर्ने १६ जना पक्राउ « Khabarhub

कञ्चनपुरमा हुलहुज्जत गर्ने १६ जना पक्राउ


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा हुलहुज्जत गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई छोडेको भन्दै आक्रोशित बनेका स्थानीयबासीले प्रहरी कार्यालय र नगरपालिका घेराउ गर्दै ढुंगामुढा गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा १३ जना महिला र ३ जना पुरुष छन् । उनिहरुलाई प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी महाकाली नगरपालिका–६ की सुशीला थापालाई कारबाहीको नगरी छाडिएको भन्दै स्थानीयबासी हुलहुज्जतमा उत्रिएका थिए ।

महाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घाँस राख्न बनाएको झुपडीमा झुण्डिएको अवस्थामा भेटिएपछि आत्महत्या दुरुत्साहन भन्दै स्थानीयबासी उनकै आमा सुशीला थापालाई कारबाहीको मागसहित विरोधमा उत्रिएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : ४३ बजे

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर