निर्भया हत्याकाण्ड : चारै जना दोषीलाई फाँसी « Khabarhub

निर्भया हत्याकाण्ड : चारै जना दोषीलाई फाँसी


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ ।

भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन् ।

बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए ।

निर्भया बलात्कारण काण्ड र हत्याकाण्डका दोषीहरुलाई फाँसीबाट बचाउनका लागि बिहीबार मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो ।

दोषीहरुका वकिल एपी सिंहले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पटियाला हाउस कोर्टले फाँसीमा रोक नलागाएको भन्दै दिल्ली हाईकोर्टमा याचिका दायर गरेका थिए ।

दिल्ली हाईकोर्टले याचिका खारेज गरेपछि दोषीहरुका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश भानुमतिको अध्यक्षतामा रहेको विशेष इजलासले पनि दोषीहरुको तर्फबाट पेस गरिएको दलील कमजोर भएको उल्लेख गर्दै याचिका खारेज गरिदिएपछि उनीहरुलाई फाँसी दिइएको हो । यसअघि पनि उनीहरुले विभिन्न समयमा कानुनी अधिकारको प्रयोग गर्दै अदालतको ढोकामा पुगेका थिए ।

यसअघि राष्ट्रपति रामनाथ कोविन्दकोमा सजाय माफका दया याचिका पठाएको भन्दै अदालतले मार्च २ मा फाँसीमा रोक लगाएको थियो । उनीहरुलाई मार्च ३ मा फाँसी दिइँदै थिइयो तर अदालतले मार्च ५ मा चौथो पटक मृत्युदण्ड दिइने मिति तय गरेको थियो ।

के थियो घटना ?

डिसेम्बर १६, २०१२ मा साथीसँग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए । ती युवतीमाथि रडले आक्रमण गर्दै बलात्कार गरेका थिए । घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो ।

निर्भयाका दोषीलाई कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो ।

नयाँदिल्लीको सडकमा राज्य सरकार र केन्द्र सरकारको विरोधमा हजारौं मान्छे सडकमा उत्रिएका थिए । भारतीय कानुनले बलात्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो ।

आफ्नो अन्तिम सास रहेसम्म पनि लडिरहेको भन्दै उनलाई निर्भयाका नामले चिनाउन थालियो । निर्भया मामिलामा भएका प्रदर्शन र आन्दोलन महिला प्रतिरोधी आन्दोलनका रुपमा विश्वमै समेत चिनिएको थियो ।

बलात्कार तथा आक्रमणमा बस ड्राइभरसहित अरु पाँच जनाको संलग्नता रहेको थियो । घटनाका मुख्य दोषी मानिएका राम सिंहको २०१५ को मार्चमा मुद्दा चलिरहेकै क्रममा तिहाड जेलमा मृत्यु भएको थियो ।

प्रहरीले राम सिंह आफै झुण्डिएर आत्महत्या गरेको बताएको थिए । ३३ वर्षीय सिंह त्यो बसका ड्राइभरसमेत भएको बताइन्छ ।

त्यस्तै घटनामा संलग्न भनिएका एक व्यक्ति भने नाबालिग भएको भन्दै रिहा गरिएको छ । घटनाका बेला नाबागि रहेको भन्दै ती व्यक्तिलाई रिहा गरिएको हो । नाबालिग रहेको भन्दै उनलाई ३ वर्ष सुधारगृहमा राखेर रिहा गरिएको हो ।

त्यस्तै राम सिंहका भाइसमेत रहेका ३२ वर्षीय मुकेश सिंह, फिटनेस ट्रेनरका रुपमा काम गर्ने २५ वर्षीय विनय शर्मा, बसका सहचालक ३१ वर्षीय अक्षय कुमार र फलफुल पसल गर्ने २५ वर्षीय पवन गुप्तालाई भने शुक्रबार फाँसी दिइएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : २४ बजे

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४

सरकारी विज्ञापन निर्णयविरुद्ध महासंघद्वारा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं– सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयविरूद्व आन्दोलनरत