दोषी ४ जनालाई मृत्युदण्ड दिएपछि निर्भयाका बुबाआमाले भने- निर्भयालाई न्याय मिल्यो | Khabarhub Khabarhub

दोषी ४ जनालाई मृत्युदण्ड दिएपछि निर्भयाका बुबाआमाले भने- निर्भयालाई न्याय मिल्यो


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार पुरुषलाई मृत्युदण्ड दिइएको छ।

उनीहरूलाई शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो।

लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए। आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड दिइएपछि निर्भया नामले चिनाइएकी पीडित महिलाका आमाबुवाले थोरै सन्तोषको सास फेरेको सङ्केत दिएका छन्।

उनकी आमाले सबै सहयोगीलाई धन्यवाद दिएकी छन्। “म न्यायपालिका, सञ्चारमाध्यम, राष्ट्रपति र अरू सबैलाई धन्यवाद दिन चाहन्छु। सातवर्षदेखिको सङ्घर्षले बल्ल परिणाम दिएको छ। निर्भयालाई न्याय मिल्यो।”

उनका पिताले पछिल्लो सजायले सबै भारतीय महिला सुरक्षित हुने वातावरण बनाउने आशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ । मृत्युदण्डको भारतीय महिला आयोगका सदस्य लगाएत धेरै व्यक्तिहरूले स्वागत गरेका छन्।

दोषी ठहरिएका ती चार पुरुषले क्षमादानको लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतले अस्वीकार गरिदिएका थिए।२३ वर्षीया निर्भया नाम दिइएकी ती महिलामाथि सात वर्षअघि भएको हिंसात्मक आक्रमणको विरोधमा भारतभरि प्रदर्शनहरू चर्किएका थिए।

त्यसक्रममा धेरै महिलाहरूले समाजमा व्याप्त यौन दुर्व्यवहार र हिँसाविरुद्ध आक्रोश पोखेका थिए। त्यसपछि भारतमा बलात्कार रोकथाम गर्ने कानुन कडा तुल्याउँदै सजाय पनि बढाइएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १० : ०८ बजे

रामकुमारी र किसानले भेटे ओली, आगामी सोमबार ‘घर फर्किने’

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्र

वाणिज्य बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले ‘छ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको

सांसदको काम थिति बसाल्ने हो : उपसभापति वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको

नैनसिंहले कांग्रेस बैठकमा उठाए ‘एक व्यक्ति, एक पद’ र युवा सहभागितको मुद्दा

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

नेपालगञ्ज–  बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ