कोरोना प्रभाव: अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ छायांकन स्थगित « Khabarhub

कोरोना प्रभाव: अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ छायांकन स्थगित


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण फैलिने भयले फिल्मको छायांकन स्थगित गरिएको हो ।

सरकारले नै २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेपछि फिल्मको छायांकन प्रभावित भएको हो ।

निर्देशक झरना थापाले फिल्मको छायांकन केही दिनका लागि स्थगित गरिएको जानकारी दिइन् ।

‘मानवलाई नै चुनौती बनिरहेको कोभिड १९ बाट बच्न, शतर्कता अपनाउन हामी सबै एकजुट हुनैपर्छ, यसबाट कलाकार प्राविधिकहरुमा पर्न गएको असुविधाप्रति हामी सबै सजग छौं,’ झरनाको भनाइ छ ।

ललितपुरमा छायांकन भइरहेको यो फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ ।

झरना थापाले निर्देशन गरिरहेको यो फिल्मका निर्माता सुनील कुमार थापा हुन् । फिल्म अर्को वर्षको दशैंमा प्रदर्शन गरिने भनिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : २० बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र