टाइगरले भने – म भन्दा त सलमान खानको ब्रासलेट नै बढी लोकप्रिय छ | Khabarhub Khabarhub

टाइगरले भने – म भन्दा त सलमान खानको ब्रासलेट नै बढी लोकप्रिय छ


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कतिपय नेपाली कलाकारले एउटा फिल्म हिट भएपछि अरु कलाकारलाई चिन्न छोड्छन् । सिनियर कलाकारलाई इज्जत गर्दैनन् । त्यसैले कहिलेकाहीँ सिनियर कलाकारले नयाँ कलाकारले सम्मान नगरेको गुनासो पनि गर्ने गर्छन् ।

बलिउड अभिनेता टाइगर श्राफमा भने सफलताको भूतले अझैसम्म छुन सकेको छैन । पछिल्ला वर्ष कैयन् हिट फिल्म दिएर एक्सन स्टार बनेका टाइगर श्राफले एक अन्तर्वार्तामा आफूभन्दा बढी हिट सलमान खानको ब्रासलेट भएको बताएका छन् ।

यी डिमान्डेड बलिउड अभिनेताले सिनियर कलाकारलाई सम्मान गर्ने गर्छन् । उनी अहिले पनि उति नै विनम्र छन् । जति विनम्र बलिउडमा कदम राख्दा उनी थिए ।

हालै टाइगरलाई तुलना गरियो कि, उनले कुनै दिन सलमान खानको स्थान लिन सक्छन् ।

यो कुरालाई भने टाइगरले मजाकमा उडाएका छन् । उनले भने, ‘यदि सलमान खानको ब्रासलेटको सामाजिक सञ्जालमा पेज बनाइदियो भने पनि त्यसको फलोअर्स मेरोभन्दा धेरै हुन्छ । स्टारडम भनेको त्यो हो ।’

टाइगरले हालै अभिनय गरेको फिल्म ‘बागी ३’ ले उत्साहजनक व्यापार गरेको थियो तर पछिल्लो हप्ता भने कोरोना भाइरसको प्रभावका कारण फिल्मको व्यापारमा असर परेको छ ।

अझ नेपालमा त सबै हल बन्द गरिएका छन् । भारतमा पनि धेरैजसो फिल्म हल बन्द गरिएका छन् । स्थिति सामान्य भएपछि यो फिल्म पुन: प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ४७ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)