एक्वडोर जहाँ एकै रातमा ५ हजार जनाभन्दा बढीको मृत्यु दर्ता भयो « Khabarhub

एक्वडोर जहाँ एकै रातमा ५ हजार जनाभन्दा बढीको मृत्यु दर्ता भयो


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट नराम्ररी प्रभावित बनेको इक्वेडोरको ग्वाएआस क्षेत्रमा मृत्यु हुने व्यक्तिको अभिलेख जाँचिदा एउटा भयावह तथ्य फेला परेको छ ।

एप्रिल महिनाका मध्यमा आई पुग्दा मृत्यु हुनेको सङ्ख्या ६,७०० भएको देखियो।

पुरानो तथ्याङ्कसँग तुलना गर्दा यो सङ्ख्या ५,००० भन्दा बढी हो।

मृतकको सङ्ख्याले ग्वाएआस राज्यलाई देशको मात्रै नभई पूरै ल्याटिन अमेरिकाकै सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित क्षेत्र बनाएको छ।

अनि यो केवल कोभिड-१९ बाट भएको मृत्यु मात्रै होइन।

महामारीका कारण अन्य स्वास्थ्य समस्या भएका र तत्काल उपचारको आवश्यकतामा रहेका बिरामीहरूले उपचार नपाएका कारण पनि मृत्यु हुनेको सङ्ख्या बढेको स्थानीय स्वास्थ्य अधिकारीहरू बताउँछन्।

पच्चीस लाख जनसङ्ख्या रहेको यो सहर कोरोनाभाइरसबाट प्रभावित हुँदा शवगृहहरू थेग्नै नसक्नेगरी भरिएका छन् भने धेरैजसो बन्द भएका छन्।

कर्मचारी नै सङ्क्रमित हुन सक्ने डरका कारण ती शवगृह बन्द भएका हुन्।

केही आफन्तहरूले घरबाहिर शव छोडेका छन् भने अन्यले ओच्छ्यानमै त्यत्तिकै छोडेका छन्।

धेरै दिनदेखि तिनको अन्तिम संस्कार हुन सकेको छैन।

ग्वायाकिलमा शव समाधिस्थ गर्न ठाउँ नपुगेकाले छिमेकी नगरहरूमा लैजाने गरिएको छ।

चरम माग भएकाले कार्डबोर्डको शवपेटिका प्रयोग हुन थालेको छ।

स्थानीय कैदीहरूले पनि काठका शवपेटिका बनाइरहेका छन्।

एक्वडोरका राष्ट्रपति लेनिन मोरेनोले देश विद्यमान स्वास्थ्य सङ्कटसँग सङ्घर्ष गर्न विफल भएको स्वीकार गरेका छन्।

एप्रिल १६ तारिखसम्म सरकारले देशभरि कोरोनाभाइरसका कारण जम्मा ४०० जनाको मृत्यु भएको भनी आश्वस्त पार्दै आएको थियो।

तर कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि बनेको संयुक्त कार्यदलले तथ्याङ्कको जिम्मा लिएपछि एकदमै फरक दृश्य देखा पर्‍यो।

गृहकार्यालय, शवगृह, हाम्रो टोली र नागरिक अभिलेखबाट तथ्याङ्क सङ्कलन गर्दा ग्वाएआसमा मात्रै एप्रिलका प्रथम १५ दिनमा लगभग ६,७०३ जनाको मृत्यु भएको पाइयो,” सरकारले गठन गरेको कार्यदलका प्रमुख होर्हे वाटेडले भने।

“यहाँ सरदर मासिक २,००० जनाको मृत्यु भएको छ। त्यसैले सामान्य अवस्थामा भन्दा ५,७०० वटा धेरै मृत्यु भएका छन्।”

ग्वाएआस प्रान्तमा भएका सबै मृत्यु कोभिड-१९ सँग सम्बन्धित छैनन्।

केही मानिसको मुटु, केहीको मिर्गौला वा अन्य स्वास्थ्यसम्बन्धी समस्या भएर पनि सही समयमा उपचार नपाउँदा मृत्यु भएको हो।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ५ : ३९ बजे

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय