साउदीमा कामदारलाई झुक्याएर सहीछाप गर्न लगाइयो, सचेत रहन दूतावासको आग्रह « Khabarhub

साउदीमा कामदारलाई झुक्याएर सहीछाप गर्न लगाइयो, सचेत रहन दूतावासको आग्रह


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  वैदेशिक रोजगारीका क्रममा धेरैको संख्यामा नेपाली रहेको साउदी अरबमा केही कम्पनीले झुक्काएर कागजातमा बेतलबी बिदाको लागि मन्जुरी रहेको भनेर सही छाप गर्न लगाइएको पाइएको छ ।

त्यस्ता कागज अरेबिक भाषामा लेखिने गरेका छन् ।

नेपाली महावाणिज्यदूतावास जेद्दाले कोरोना भाइरसको महामारीको समयमा धेरै कम्पनीहरूले आफ्ना कामदारलाई दिनुपर्ने तलब, आवासीय सुविधा र खाना भत्ताको उपलब्धताबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै केही कम्पनीहरुले कामदारलाई झुक्काएर मन्जुरी गराएको जनाएको जनाएको छ । 

साउदी सरकारले कामदारको सहमति बिना कामदारको तलब कटौती गर्ने तथा बेतलबी बिदा बस्न बाध्य पार्न नपाउने जनाएको भएपनि केही कम्पनीले भने झुक्याउदै कामदारलाई बिदाका कागजमा हस्ताक्षर गराएका छन् ।

महावाणिज्यदूतावास जेद्दाले नेपाली नागरिकहरूले टेलिफोन सम्पर्कबाट जानकारी गराए बमोजिम केही कम्पनीहरूले अरेबिक भाषामा लेखिएको कागजातमा बेतलबी बिदाको लागि कामदारको मन्जुरी रहेको भनेर सही छाप गर्न लगाएको पाइएको जनाएको छ । 

दूतावासले यस्ता कागजमा सहीछाप नगर्न नेपाली कामदारलाई आग्रह गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै  महावाणिज्यदूतावास जेद्दाले भनेको छ –‘नेपाली नागरिकहरूले टेलिफोन सम्पर्कबाट जानकारी गराए बमोजिम केही कम्पनीहरूले अरेबिक भाषामा लेखिएको कागजातमा बेतलबी बिदाको लागि कामदारको मन्जुरी रहेको भनेर सही छाप गर्न लगाएको पाइएको छ । यहाँ कार्यरत सबै नेपाली नागरिकहरुलाई कम्पनीले उपलब्ध गराएको यस्तो प्रकृतिका कागजातमा सही छाप नगर्नुहुन र कम्पनीले सही छाप गर्न बाध्य पारेको अवस्थामा यथाशीघ्र दूतावासमा सम्पर्क गर्नुहुन महावाणिज्यदूतावास हार्दिक अपिल गर्दछ।’ 

कसैलाई यस्तो अवस्था आएमा दूतावासलाई कम्पनीको मानव संसाधन प्रबन्धक वा कम्पनी प्रतिनिधिको टेलिफोन नम्बर प्रदान गर्न समेत महावाणिज्यदूतावासले अनुरोध गरेको छ ।

महावाणिज्यदूतावासले कम्पनीको काम निरन्तररुपमा सञ्चालन भए कम्पनीले उपलब्ध गराएका सावधानीका सम्पूर्ण उपाय अपनाउन र काम बन्द भएर आवासमा रहेको अवस्था भए बाहिर ननिस्कन पनि आग्रह गरेको छ ।

त्यस्तै अत्यावश्यक सामान खरिद गर्न विहान ६ बजे देखि दिउँसो ३ बजे भित्र मात्र आवासको नजिकको स्टोरमा सकेसम्म एक्लै जान, सामूहिक भेटघाट नगर्न र साउदी सरकारले लागू गरेका नियमहरू पूर्ण रूपमा पालना गर्न समेत महावाणिज्यदूतावासले अपिल गरेको छ ।

जारी गरिएको सुचनामा विभिन्न देशका श्रमिकहरू नियम उल्लङ्घन गरेर कानूनी कारवाही तथा जरिवाना भोग्नुपरेको जानकारी आएको जनाउँदै कर्फ्यु लागेको अवस्थामा पालन गर्नुपर्ने नियमहरुको पूर्णरुपले पालना गरी संभावित कानूनी कारवाहीबाट जोगिन पनि त्यहाँ रहेका नेपालीहरुलाई सचेत गराइएको छ ।

हालसम्म साउदी अरबमा ९ हजार ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

संक्रमितमध्ये ९७ जनाको ज्यान गएको छ । त्यस्तै १ हजार ३ सय ९८ जना उपचारपछि निको भएका छन् ।

रियादस्थित नेपाली राजदूतावासका अनुसार संक्रमित मध्ये ४ जना नेपाली थिए । उनीहरु पनि उपचारपछि स्वास्थ्य लाभ गरिसकेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : २० बजे

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ