कोरोना जितेर चार जना नेपाली घर फर्किए, अन्य संक्रमितको अवस्था के छ ? | Khabarhub Khabarhub

कोरोना जितेर चार जना नेपाली घर फर्किए, अन्य संक्रमितको अवस्था के छ ?


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्व त्रसित छ । नेपालमा पनि हालसम्म ३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

सुखद पक्ष नेपालमा हालसम्म कोरोनाका कारण कसैको ज्यान गएको छैन । सरकारले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चैत ११ गते यता लकडाउन जारी राखेको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र प्रयोगशाला परीक्षण पीसीआरलाई पनि तीव्रता दिइँदै आएको पाइएको छ ।

नेपालका संक्रमित ३१ जनामध्ये ४ जना उपचारपछि निको भएका छन् । उनीहरुले कोरोनालाई जितेसँगै नेपालीहरुको आत्मबल बढेको छ । कोरोना संक्रमित नेपालीहरुलाई पनि थप हिम्मत पुगेको छ।

उनीहरुले कोरोनालाई सहजै परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाएका छन् । अस्पतालबाट निको भएर फर्किएकाहरुको अनुभवले पनि त्यही देखाएको हो ।

नेपालमा कोरोनालाई जितेर शनिबार र आइतबार गरी दुई दिनमा तीन जना घर फर्किएका हुन् ।  चीनको वुहानबाट आएका एक संक्रमित भने पहिले नै स्वस्थ्य लाभसहित घर फर्किसकेका थिए ।

गत शुक्रबार उदयपुर १२ र चितवनमा दुई जना एकैसाथ देखिएपछि त्रास भएका नेपाली २४ घण्टामा तीन बिरामी पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएपछि कोरोना परास्त गर्न सकिने आत्मबलमा जुटेका छन् । नेपालीहरुले हिम्मत बढाएका छन् ।

शनिबार बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएर घर फर्किएकी हुन् भने शनिबार नै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत काठमाडौँकी प्रसिद्धि श्रेष्ठ घर फर्किएकी हुन् ।

उनी फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी थिइन् । चैत १० गते कोभिड–१९ को सङ्क्रमण देखिएपछि ११ गते अस्पतालमा भर्ना भएकी थिइन ।

आइतबार धनगढीको सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका लम्की चुहाका २१ वर्षीय युवक पनि स्वस्थ्य भएर घर फर्किएका हुन । उनी गत चैत २२ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

चिकित्सकहरु के भन्छन् ?

नेपालमा कोरोना संक्रमितको संख्या बढेपनि कोरोनाको संक्रमण जितेर घर फर्किनु सुखद पक्ष भएको चिकित्सकहरुले बताएका छन् । अन्य उपचाररत बिरामीको अवस्था पनि सामान्य भएका कारण नेपालीहरुले कोरोनालाई जित्न सक्ने र चाँडै नियन्त्रणमा आउनी उनीहरुको विश्वास छ ।

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ८१ वर्षीया महिलाको पनि स्वास्थ्य सामान्य नै रहेको छ । तसर्थ नेपालीमा साँच्चै नै आत्मबल र उपचार पद्धतिको प्रक्रिया राम्रो भएको चिकित्सकले बताएका छन् ।

नेपालमा लोकल टान्समिशन भएर दोस्रो चरणमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । नेपालमा समयमा नै उपचार पद्धति र बिरामीको आत्मबलले नै कोभिड–१९ को सङ्क्रमणलाई जितेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्कीले बताए ।

पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएका चारै जना बिरामीले पनि सरकारको उपचारमा राम्रो तयारी र आफ्नो आत्मबलले कोभिड–१९ को सङ्क्रमणलाई जितेको बताएका छन् ।

टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बिरामी पूर्णरुपमा स्वस्थ्य भएर घर फर्किएकामा खुशी व्यक्त गरे । उनले शरीरसँग लड्ने क्षमता भएका कारणले चाँडो निको भएको बताए ।

‘कोरोना संक्रमित कोही पनि हालसम्म आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छैन’, डा. राजभण्डारीले भने, ‘सबैलाई आइसोलेशनमा राखेर उपचार गरिरहेका छौँ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’

अस्पतालका निर्देशक डा राजभण्डारीले टेकुमा उपचार गराइरहेका अर्का एकजनाको अवस्था पनि सामान्य रहेको बताए । उनका अनुसार ती बिरामी आज अथवा भोलिसम्म सम्भवतः पछिल्लो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज हुनेछन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नेपालीमा रोगसँग लड्ने क्षमता बढी भएको र कडा खालको भाइरस नदेखिएकाले बिरामी निको भएको बताए । उनले संक्रमित तीन जनाबाहेक अरूको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

मन्त्रालयका अनुसार अहिले १०३ जनालाई आइसोलेशनमा राखी उपचार भइरहेको छ, तीमध्ये २७ जना भने सङ्क्रमित हुन् ।

कस्को अवस्था के छ ?

अब २७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये ३ जना काठमाडौं उपत्यकाभित्रका अस्पतालहरुमा उपचार गरिरहेका छन् । २४ जना उपत्यकाबाहिर उपचाररत छन् ।

सबैभन्दा बढी कोशी अस्पतालमा १३ जना उपचाररत छन् । सेतीमा ३, नारायणी अस्पतालमा ४ र चितवनको भरतपुर अस्पतालमा २ जना उपचार गराइरहेका छन् । एक जना धौलागिरी अस्पतालमा उपचाररत छन् ।

हालसम्म नेपालमा कोरोना देखिएका संक्रमितहरुको विवरण

१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो । निको भइ डिस्चार्ज भइसकेको छ
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा निको भई सेी अस्पतालबाट डिस्चार्ज
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको
१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२९. २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, , ५ वैशाखमा पत्ता लागेको
३०. ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको
३१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ९ : ३२ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते