कोरोना भाइरस : विश्वभर एकैदिन ४ हजार ८८७ को मृत्यु, ७४ हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर एकैदिन ४ हजार ८८७ को मृत्यु, ७४ हजार संक्रमित


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ४ जहार ८८७ जनाको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या १ लाख ६४ हजार ९२२ पुगेको छ । सोमबार विहान ७ बजेसम्म एकैदिन विश्वभर ७४ हजार ८३ जना संक्रमित भएका छन् । कूल संक्रमितको संख्या २४ लाख ४ हजार ८५१ पुगेको छ ।

एकैदिन संक्रमित र मृत्यु हुनेको धेरै संख्या अमेरिकाकै छ । त्यहाँ अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु भएको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म थप १ हजार ५१० को मृत्यु भएसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ६३ हजार ५७९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ७० हजार ९३८ जना उपचारपछि निको भएका छन् ।  उपचार गराइरहेका ६ लाख ५२ हजार ११७ जनामध्ये १३ हजार ५६६ को अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २३ हजार ६६० पुगेको छ ।

आइतबार थप ४३३ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार ६६० पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ४७ हजार ५५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ८ हजार २५७ जनामध्ये २ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४१० जनाको मृत्यु भएको छ भने ४ हजार २५८ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४५३ पुगेको छ ।

सोमबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ हजार ३५७ जना उपचारपछि निको भएका छन् ।

७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ८६४ जना उपचाररत छन् ।

यस्तै फ्रान्समा १९ हजार ७१८, बेलायतमा १६ हजार ६०, जर्मनीमा ४ हजार ५८६, इरानमा ५ हजार ११८ जनाको मृत्यु भएको छ ।

महामारी फैलिएको साढे ३ महिना भन्दाबढी हुँदा पनि औषधि तथा खोपको विकास हुन नसक्दा संसारका कयौँ मुलुकहरु लकडाउनको अवस्थामा रहँदा पनि मृतक र संक्रमितको संख्या बढ्दो छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : २९ बजे

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय