लकडाउनमा ‘चुल्हो बल्न’ छाडेकाहरुलाई क्षेत्रपाटीमा खानाको प्रबन्ध (फोटोफिचर) « Khabarhub

लकडाउनमा ‘चुल्हो बल्न’ छाडेकाहरुलाई क्षेत्रपाटीमा खानाको प्रबन्ध (फोटोफिचर)


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनको आज २८ औं दिन पुगेको छ ।

करिब एक महिना कामविहीन हुँदा निम्न आय भएका नागरिकहरुको घरमा चुल्हो बल्न छाडिसकेको छ ।

यस्तो अवस्थामा सरकारले उनीहरुलाई राहतको व्यवस्था गरे पनि वास्तविक पीडित समक्ष पुग्न नसकेको जनगुनासाहरु समेत आइरहेका छन् ।

यही असहज अवस्थालाई मध्यनजर गर्दै काठमाडौं महानगर वडा नं. १७  क्षेत्रपाटी धोविचौरका स्थानीय युवाहरुले दैनिक खानपानको प्रबन्ध मिलाएका छन् ।

लक्ष्मी बहादुर शाही, किशोर मघैया र रुपेश शाहिको संयोजकतामा २५ जना युवाहरुको समूहले निम्न आय भएका परिवारलाई दैनिक व्यवस्थित रुपमा खानको प्रबन्ध मिलाएका हुन् ।

हरेक दिन साँझ ५ बजे देखि ७ बजेसम्म उनीहरुले विभिन्न दाताहरुको सहयोगमा खाना खुवाउँदै आइरहेका छन् ।

गत वैशाख ३ गते देखि शुरु गरिएको यस अभियानमा आइतबारसम्म ९४० जनालाई खाना खुवाइएको स्वयंसेवक किरन डङ्गोलले बताए ।

खाना पकाउने ठाउँदेखि लिएर वितरण गर्ने स्वयंसेवकहरुले पीपीई लगाएर खाना खान आउनेलाई सेवा दिँदै आएका छन् । खाना खान आउने सम्पूर्ण व्यक्तिहरुलाई सामाजिक दुरी ३ मिटर कायम गरी लाइनमा राख्ने गरिएको उनले बताए ।

 

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ११ : ३५ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति