अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई सहायता गर्न ५ लाख डलरको कोष स्थापना « Khabarhub

अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई सहायता गर्न ५ लाख डलरको कोष स्थापना


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया- अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई सहायता उपलब्ध गराउने उदेश्यले अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट अलाइन्स ‘एका’ले ५ लाख डलरको कोष खडा गर्ने भएको छ ।

एका अस्ट्रेलियामा कार्यरत नेपाली शैक्षिक परामर्शदाताहरुको छाता संगठन हो ।

एकाले आफ्ना सदस्य कन्सलटेन्सी र क्राउड फन्डिङमार्फत कोषका लागि पैसा संकलन सुरु गरेको छ । आइतबार अनलाइन पत्रकार सम्मेलनको आयोजना गरेर एकाले आर्थिक सहायता लगायत अन्य सहयोगका बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा एकाका अध्यक्ष पिआर अधिकारीले कोरोनाका कारण संकटमा रहेका विद्यार्थीका लागि पहिलो चरणमा तत्कालै एक लाख डलर सहायता उपलब्ध गराउने जानकारी गराए ।

एकाले नेपाल र अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरुलाई यो अभियानमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

सहयोग कोष निमार्णमा यथासक्य रकम संकलन गर्न र शैक्षिक संस्थाहरुसंग सहकार्य गर्न का लागि एकाले पूर्व अध्यक्ष विवेक थापाको संयोजकत्वमा समिति निमार्ण गरेको छ । एकाले शैक्षिक परामर्शका लागि विद्यार्थीले तिर्दै आएको सेवा शुल्कमा सहुलियत दिन समेत सबै सदस्य कन्सलटेन्सीलाई आग्रह गरेको छ ।

कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा अस्ट्रेलियामा अध्ययन र रोजगारीका लागि पुगेका नेपालीहरु समस्यामा परेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : ५८ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको