नेपालबाट आफ्ना नागरिक उद्धार गर्न रुसले पठायो विमान « Khabarhub

नेपालबाट आफ्ना नागरिक उद्धार गर्न रुसले पठायो विमान


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्ना नागरिकको उद्धारका लागि रुसले विमान नेपाल पठाएको छ । रसियाली नागरिकलाई उद्धार गर्नको लागि मस्कोबाट रोयल फ्लाई एयरलाइन्सको विमान आज काठमाडौं आएको हो ।

लकडाउनका कारण नेपालमा रहेका रसियन नागरिकलाई स्वदेश फिर्ता लैजानका लागि बोइङ–७५७ विमान आएको हो ।
यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उक्त विमानले १ सय ४३ रसियन नागरिकलाई उद्धार गरेर १२ : ३०मा मस्कोका लागि उडान भर्ने छ ।

काठमाडौंमा रहेको रसियन दूतावासले आफ्ना नागरिक फिर्ता पठाउनको लागि सो विमान चार्टर गरेको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १ : १४ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,